काठमाडौं । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले लिएको सपथ ग्रहणको बदरको माग राख्दै परेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
सोमवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु नवराज अधिकारी, राजकुमार सुवाल, लोकेन्द्र ओली र सन्तोष भण्डारीले गरि छुट्टाछुट्टै चारवटा रिट दर्ता गराएका थिए ।
रिट निवेदकहरुले प्रधानमन्त्री ओली लगायत मन्त्रीहरुले लिएको सपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै बदरको माग गरेका छन् ।
सपथ ग्रहणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिज्ञा गर्छु भन्ने शब्दावलीलाई प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन‘ भन्दै इन्कार गरेका थिए । जसको कारण राष्ट्रपति जस्तो संस्थाको मानमर्दन भएको रिट निवेदकहरुको ठहर रहेको छ ।
साथै रिट निवेदकहरुले संघीय कानून बनाएर सपथ ग्रहणको ब्यहोरा तोक्न र त्यसबेला सम्मका लागि कामकारवाहीबाट रोक्न समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया