काठमाडौं । शुक्रवार सपथ ग्रहणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको त्रुटिविरुद्धको रिटको सुनुवाई आज हुँदैछ । उक्त रिटको सुनुवाई प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध परेका छ्ट्टाछुट्टै ४ वटा रिटमा आज प्रधानन्यायाधीश राणाको इजलासबाट सुनुवाई हुन लागेको हो ।
सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिज्ञा गर्छु भन्ने शब्दावली इन्कार गर्दै ओलीले ‘त्यो पर्दैन‘ भनेका थिए । त्यसको विरुद्धमा वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालसमेतले ओलीविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
उनीहरुले कानूनमा नै नभएको ब्यहोरा पढेको प्रति आपत्ति जनाउँदै बदरको माग गरेका छन् । साथै कानून बनाएर प्रधानमन्त्री ओलीले पुनः सपथ गर्नुपर्ने र त्यतिन्जेलसम्मका लागि कामकारवाहीबाट समेत रोक्नका लागि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया