काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिटमा लिखित जवाफ माग गरेको छ ।
गत शुक्रवार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको सपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै परेको रिटमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासलमा परेको थियो । प्रधानन्यायाधीश राणाको इजलासले १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।
त्यसबारे बहस गर्दै प्रधानन्याधीश राणाको इजलासले १५ दिनभित्र महान्यायाधीश कार्यालय मार्फत लिखित जवाफ माग गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइ दायर गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको जनाएको छ ।
सुनुवाईमा भनिएको छ, निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया