काठमाडौं । मंगलवार नेपाली बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ११ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज शेयर बजारमा ११ अर्ब ३५ करोड, ९३ लाख, ६० हजार ९२ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै आज २ करोड, ३१ लाख, ३१ हजार, ६ सय १५ कित्ता शेयर कारोबार भएको छ ।
अहिलेसम्मकै उच्च अंकले वृद्धि भएको शेयर बजारमा नेप्से परिसुचक ३४ दशमलव ६८ अंकले वृद्धि भई २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया