काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीचको भेटघाट सकारात्मक भएको छ ।
जेठ ६ गते बिहीवार बागमती प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार समेत रहेका बादल वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए ।
आजको भेटमा नेता नेपालले बादललाई राष्ट्रिय सभाको निर्वाचनमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
भट्टराईले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी दिएका हुन् । उनले भने‘ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापाुबादलुबीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्ता पार्टीको आन्तरिक विषय र यहि जेठ ६ गते हुनगईरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया