काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएकोमा ९७ प्रतिशत नयाँ भेरियन्टको लक्षण देखिएको जनाएको छ ।
प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया