काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले गृहमन्त्री रामबहादुर बादलसँगको भेटघाटबारे स्पष्ट पारेको छ ।
राष्ट्रिय सभाको उम्मेद्वार समेत रहेका बादल नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटघाटको क्रममा नेता नेपालले बादललाई सहयोग गर्ने बताएको बादलको सचिवालयले बताएको थियो ।
नेपालको सचिवालयले नेपालले भने अन्य दलहरुसहितका दलहरु सहमत गराएर डा खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्ने नसक्ने स्पष्ट पारेको सचिवालयले जनाएको छ । त्यस्तै बादलले आफ्ना मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरेको तर मिडियामा आएजस्तो नभएको जनाएको छ ।
यस्तो छ नेपाल पक्षले सार्वजनिक गरेको वक्तव्य
तर यता बादलको सचिवालयले भने वार्ता सकारात्मक भएको र नेपालले बादललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको बताएको थियो ।
यस्तो छ बादलको सचिवालयले निकालेको वक्तव्य
नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा’बादल’बीच आज नेपाल निवास काेटेश्वरमा भेटवार्ता भएकाे छ । भेटवार्ता पार्टीकाे आन्तरिक विषय र यहि जेठ ६ गते हुनगईरहेकाे राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयाेग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयाे । भेट सकारात्मक रहेकाे उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया