काठमाडौं । बुधवार (आज) बिहानै लमजुङमा दोस्रो पटक फेरि भूकम्प गएको छ ।
बुधवार बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आज बिहान नै ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भुकम्पको धक्का आसपासका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भुकम्पमा परी केही मानिसहरु घाइते भएका र केही घरहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया