काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्र गोरखाका विभिन्न ठाउँहरुमा चिकित्सकहरुको टोलीसहित खटिइरहेका छन् ।
जिल्लामा कोरोना संक्रमण र रोकथामका लागि सोमवार काठमाडौंबाट स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीसहित गोरखा प्रस्थान गरेका थिए ।
उक्त टोलीले मंगलवार गोरखाको जौबारी र अजिरकोट गाउँपालिकाको भच्छेकमा कोभिड परीक्षण र शिविर सञ्चालन गरेको थियो। जसबाट संक्रमण पुष्टि भएकाहरुलाई परामर्श र औषधीको व्यवस्था गरि आइसोलेसनको व्यवस्था गरिएको उनले नेता श्रेष्ठले बताएका छन् ।
त्यस्तै चिकित्सकहरुले स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्य कार्यकर्ताहरुलाई कोभिड बिरामीहरुलाई के कस्तो परामर्श दिने भन्ने अभिमुखीकरण दिइएको र ल्याब प्राविधिक विशेषज्ञहरुले स्थानीय स्वास्थ्यकमीहरुलाई एन्टीजेन परीक्षण तालिम समेत सञ्चालन गरिएको उनले जानकारी दिए ।
नेता श्रेष्ठले भने‘ चिकित्सकहरुद्वारास् सँक्रमितहरुको स्वास्थ्य परीक्षण गरी परामर्श र औषधी दिईएको छ । चिकित्सकहरुले स्थानीय स्वास्थ्य सँस्थाका स्वास्थ्य कार्यकर्ताहरुलाई कोभिड बिरामीहरुलाई के कस्तो परामर्श दिने भन्ने बारे अभिमुखीकरण दिईएको छ भने ल्याब प्राबिधिक बिशेषज्ञहरुले स्थानीय स्वास्थ्यकर्मीहरुलाई एण्टीजेन परीक्षण तालिम पनि दिइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया