राष्ट्रियसभा निर्वाचन : बादलको विजयले कम्युनिष्ट आन्दोलनमा बल पुग्ने भन्दै ओलीले मागे मत

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापाकाले पक्षमा मत दिनको लागि अपिल गरेका छन् ।

ओलीले बादल नेपालको कम्युनिष्ट आन्दोलनको एक वरिष्ठ नेता रहेको उल्लेख गर्दै मत दिइ विजयी गराउन आग्रह गरेका छन् ।

ओलीले आज एक वक्तव्य जारी गर्दै बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने बताएका छन् ।

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेद्वार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउनेछ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’ ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?