काठमाडौं । युवा व्यवसायी मनिषराज पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
युवा व्यवसायी पाण्डेले बुधवार (आज) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् ।
उनले नगरपालिकालाई महामारी नियन्त्रणका लागि ३५ हजार मास्क, १०० लिटर सेनिटाइजर, २५ थान पीपीई सेट लगायतका सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
पाण्डेले नगरपालिकाका मेयर डम्बर अर्याल,उपमेयर भगवती नेपाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाले उक्त स्वास्थ्य सामाग्रीहरु नगरपालिकाका ११ वटै वडाका नागरिकहरुलाई वितरण गर्नेछ ।
त्यस्तै यसअघि पनि पाण्डेले आफूले विभिन्न संघसस्था, क्लबहरुलाई सहयोग उपलब्ध गराएको र आगामी दिनहरुमा समेत सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया