काठमाडौं । राजिव गुरुङ (दिपक मनाङे) पुनः मन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधवार (आज) मनाङेसहित अन्य ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रतिपक्षले संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सत्ता जोगाउनका लागि सांसद दिपक मनाङेलाई गत वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेदकुद मन्त्री बनाएका थिए ।
तर,मुख्यमन्त्री गुरुङले आपूmविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताबमा मतदानहुनु भन्दा अघिल्लो दिन राजिनामा दिएपछि मनाङेको मन्त्रीपद १० दिनमै गुमेको थियो ।
मुख्यमन्त्री गुरुङले १० दिन मात्र मन्त्री बनाएका मनाङे सहित ५ जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेका छन् ।
अन्य ४ जनाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तर मनाङले काठमाडौंमा भएकाले सपथ ग्रहणमा उपस्थित नभएका हुन् ।
मुख्यमन्त्री गुरुङले किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै तीन जनाले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा उद्योग पर्यटन तथा वातावरणमन्त्रीमा विकास लम्साल, भौतिक पूर्वाधारमन्त्रीमा रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया