काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तीविरुद्ध विपक्षी ४ दलहरु सर्वोच्च अदालत जाने भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सर्वोच्च जाने निर्णय गरेका हुन् ।
विपक्षी दलहरुले प्रदेश सभामा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन बोलाउन माग गरेका थिए । तर प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन अस्वीकार गरेपछि विपक्षी दलहरु सर्वोच्च जान लागेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा मा शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवज्यूबाट मिति २०७८र१र१९ गते गरिएको नियुक्ती नेपालको संविधानको मर्म र भावना प्रतिकुल रहेकोले संविधानको रक्षार्थ निजको नियुक्ति बदरको माग गरी न्यायिक उपचारको लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरी न्यायिक उपचार खोज्ने निर्णय गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया