चितवन । भरतपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ ।
भरतपुर महानगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टिका लागि दाउरा खरिदका लागि भन्दै तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शव वाहनको रुपमा एक्साभेटर निः शुल्क रूपमा उपलब्ध गराउँदै आएको र यस वर्ष पनि कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरपालिकाले आइसोलेसन निर्माणको कामलाई पनि तीव्रता दिएको छ । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको प्रमुख दाहालले जानकारी दिईन । शिवनगरमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार पारिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया