ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरी रहेका छन् ।
बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेका चौधरीलाई पुल लगाउन राखिएको फलामले किच्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया