काठमाडौं । कोरोना संक्रमणबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी केसीको गएराति निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित केसीको घर मुलपानी हो ।
साथै उनको अन्येष्टी नेपाली सेनाले आजै गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया