काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्पेनले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ ।
बिहीवार दिउँसो स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरमार्फत पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।
स्पेनबाट भेन्टिलेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन परीक्षण किट, पीपीई सेट लगायतका सामाग्रीहरु नेपाल आइपुगेको हो ।
उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले बुझेका थिए ।
उक्त जहाजले नेपालमा रहेका स्पेनी नागरिकहरुलाई फिर्ता लिएर जाने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया