काठमाडौं। पूर्व भारतीय कप्तान तथा वर्तमान ‘राष्ट्रिय क्रिकेट एकेडेमी’का प्रमुख राहुल द्रविडले श्रीलंकाविरुद्धको सीमित ओभर क्रिकेटमा भारतको प्रशिक्षण गर्ने भएका छन्।
यही जुलाई महिनामा भारतीय टोली तीन एकदिवसीय र तीन टि-ट्वेन्टी क्रिकेट शृंखला खेल्न श्रीलंका प्रस्थान गर्दैछ।
भारतको टेस्ट टोली इङ्ल्यान्डमा हुन लागेको ५ टेस्ट खेलको शृङ्खलामा व्यस्त हुने भएकोले भारतले श्रीलंका विरुद्धको शृङ्खलामामा आफ्नो युवा टोली पठाउन लागेको हो। सोही कारण भारतका मुख्य प्रशिक्षण टोली रवि शास्त्री, भरत अरुण र भिक्रम राथोर पनि श्रीलंकाविरुद्धको शृंखलामा अनुपस्थित हुने भएका छन्।
द्रविडले ‘राष्ट्रिय क्रिकेट एकेडेमी’मा कार्यकाल सम्हाल्नु भन्दा पहिले भारतीय अण्डर-१९ र भारतीय ‘ए’ टिमको पनि प्रशिक्षण गरिसकेका छन्। अहिले भारतीय टोलीका धेरै युवा खेलाडी द्रविडकै खोज हुन्।
भारतले श्रीलंकाविरुद्ध जुलाई १३, १६ र १९ मा तीन एकदिवसीय खेल खेल्ने छ। त्यस्तै जुलाई २२-२७ मा यी दुई राष्ट्रबिच तीन टि-ट्वेन्टी खेल आयोजना हुने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया