आजभोली यो देशभित्र महामारी चलेको छ
कोरोना माहमारी
सत्ता महामरी
भत्ता महामरी
भोक महामरी
कोरोना माहामरी
जसले सन्तान लाई टुहुरो बनायो
बा आमालाई सन्तानविहीन बनायो
शहरमा अस्पतालको बेडमा स्वाससँग लडिरहेका छन्
गाउँमा घरको मझेरि तातोपानी पिएर तड्पिरहेछन्
कोहि घरसम्म पुग्न नसकेर पाईताला अडिएका छन्
देख्ने यी आँखाहरूले अब देख्न सक्दैनन्
कसरी हेर्नू यस्तो भयावह
कोहि
घाटमा फालिएका छन् ,
चिहानमा सुताईएका छन्
चितामा कात्रो झिकेर छोडिएको छ
मानौ लाशले एकपटक जल्नु अघि
आकाशमा ढाकेको शोकको धुन सुनोस्
असङख्य बेबारिसे लाशको जुलुस बगरमा उठेको छ।
त्यसैले महामारीको कहरमा कोरोना ममाहरीले प्रथम पुरस्कार पायो ।
सत्ता महामरी
जसले देशलाई देश विहीन बनायो
नागरिकलाई अनागरिक बनायो
राजनीतिलाई लाजनीति बनायो
कोही मन्त्रीका लागि लडिरहेका छन्
कोही सांसदका लागि लडिरहेका छन्
कोही पैसाका लागि लडिरहेका छन्
सबै भन्दा दुख को कुरा
कुर्सीका लागि षडयन्त्र गर्ने
पदका लागि टाउको गन्ने
पावरको लागि मानिसको बध गर्ने
विश्वासमाथि घात गर्ने
बिचार र आस्थाको राजनीतिलाई
जलाएर
शहीदको बलिदानी माथि होली खेल्ने
नेता नामको नरपिचासहरुको टाउको गन्न सकिरहेको छैन
माफी चाहन्छु प्रधानमन्त्रीज्यू
कोरोना संक्रमितको संख्या गन्न नसकेर
कोरोना लागेका लासको संख्या गन्न नसकेर
तपाई यो देशको उच्च पदस्थ कार्यकारीको शपथ लिँदै गर्दा
मैले हजूरलाई बधाई दिन बिर्सेछु ।
त्यसैले कोरोना कहर.मा सत्ता महामारीले दोश्रो पुरस्कार पायो
भत्ता माहामरी
बेरोजगारी भत्ता
रोजगारी भत्ता
कोरोना भत्ता
बैठक भत्ता
शपथमा उपस्थित भत्ता
घरमा सुतेको भत्ता
चर्पिमा पिसाव गरेको भत्ता
घुमेको भत्ता
तर दुखको कुरा
त्यही भत्ताको मातले
मास्क लगाउन बिर्सनेहरु
सामाजिक दूरी कायम गर्न बिर्सनेहरु
कोरोना लागेका लासहरुको संख्या गनेर भत्ता लिनेहरुले
भ्रस्टाचार गर्न बिर्सन सकेनन्
काण्ड घटाउन बिर्सन सकेनन्
तस्करी घटाउन बिर्सन सकेनन्
कमीशन खान बिर्सन सकेनन्
त्यसैले कोरोना कहरमा भत्ता मामाहरीले तेस्रो पुरस्कार पायो
भोक महामारी
पैसाको भोक
शक्तिको भोक
पावरको भोक
कुर्सीको भोक
कोरोना खोपको भोक
सबैभन्दा ठुलो आजभोली
अक्सिजनको भोक
रगतको भोक
अस्पतालको भोक
तर दुःखको कुरा
सत्ताको भोकले
जनताको भोट खायो
पैसाको भोकले
घर परिवार खायो
जे खाए खावोस नखाए नखावस
अक्सिजनको भोकले
जनता धेरैको ज्यान खायो
त्यसैले यो भोक घटाउन
फोक्सो झिकेर फाल्न सक्ने एउटा राम्रो डाक्टर पठाइदेउ
अन्तमा
यी सबै माहामरीले
सबैलाई एक्लो बनायो
कुर्सी एक्लो हुँदैछ
शाशन एल्लो हुँदैछ
सरकार एक्लो हुँदैछ
म एक्लो हुँदैछ
सबैलाई एक्लो बनाएर
भरसेलीमा बसेर तर् चाट्ने
मेरो हाम्रो सोचको महामरीले
तर् खानेलाई एक्लो बनाउँदैछ
आफ्नो लासलाई
आँफै बोकेर
आँफै घाटमा पुर्याएर
आँफै चितामा सुताएर
आफ्नै लासमा
आफै दागबत्ति दिनुपर्ने
अर्को ठुलो माहामरी नजन्मियोस
धन्यवाद
रचना : जनकराज ढुंगाना ‘कालु’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया