काठमाडौं । संविधानविद् डा. भिमार्जन आचार्यले सरकारले विश्वासको मत लिनुपूर्व नै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधान विपरित रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै संविधानविद् आचार्यले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुनै नसक्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम जेठ ७ गते साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।
त्यसबारे प्रतिकृया जनाउँदै संविधानविद् आचार्यले भने- ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन।’
त्यस्तै संसदबाट विश्वासको मत लिन नसकी बहुमत दलको तर्फबाट संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसको एक महिनामा पुनः संसदबाट विश्वासको मत प्राप्त लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनु अगावै राष्ट्रपति समक्ष नयाँ सरकार गठनको सिफारिस गर्नु फेरि संसद विघटनको संकेत देखिएको समेत बताए । उनले भने- ‘नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’
विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।
— Bhimarjun Acharya (@BhimarjunPhD) May 20, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया