राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले २४ घण्टाको समय पनि नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र भएको टिप्पणी गरे ।

उनले भने- ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।’

सामान्यतया नया सरकार गठनका लागि तीन दिनको समय दिने गरेपनि २४ घण्टाको समय नदिई सरकार गठनको आह्वान गर्नु संसद विघटन गर्नु बाहेक अरु हुन नसक्ने बताए । त्यस्तै लामो त्याग र बलिदानीबानी बाट आएको संविधानको रक्षाको लागि आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?