नामजुङ्ग सेवा समाजद्वारा अक्सिजन र स्वास्थ्य सामाग्री सहयोग

गोरखा । नामजुङ्ग सेवा समाजले नामजुङ्ग स्वास्थ्य चौकी, गोरखाका लागि अक्सिजन सहित स्वास्थ्य सामाग्रीहरु र केही स्वास्थ्य सामग्रीहरु शहिद लखन गाउँपालिकालाई पनि उपलब्ध गराएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण विगत केहि दिन देखि नेपालमा तीव्र रूपमा फैलदै गएको र अस्पतालमा बिरामी उपचारको लागि बेड र अक्सिजनको चरम अभावको अवस्थालाई मध्यनजर गर्दै गोरखाको नामजुङ्गमा कोरोना संक्रमणका बिरामीहरु बढेको भन्दै समाजले १० थान सिलिण्डर र केही स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

भोलीका दिनमा अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाबले नामजुङ्ग लगायत आसपासका सर्वसाधारणहरुले समस्या भोग्न नपरोस भन्ने उदेश्यका साथ उत्त सामाग्रीहरु उपलब्ध गराईएको समाजका अध्यक्ष शिव बञ्जाराले बताए ।

अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्रीहरू शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछानेलाई संयुत्त रुपमा समाजले हस्तानान्तरण गरेको हो ।

समाजले उत्त रकम सामाजिक संजाल मार्फत संस्थाको आपतकालीन राहत संकलन कोषमा मात्र ४ दिनमा संकलन गर्न सफल भएको थियो । अध्यक्ष बञ्जाराले विपतको बेला समाजले गनुपर्ने सहयोगमा कहिल्यै पछि नपर्ने र सम्पुर्ण नेपालीलाई यस कोरोना महामारीमा एकजुट भएर कोरोनाबाट समुदायलाई जोगाउन अनुरोध गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?