राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे बोले भीम रावल

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ ।

उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन् ।

‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’, रावलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?