देशलाई निकास दिने महन्थको वचन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान राजनीतिक समस्या हल गर्नका लागि आफ्नो पार्टीले निकास दिने बताएका छन् ।

आज आफूपक्षका सांसदहरुसँग छलफलमा जाने क्रममा सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यसबारे जानकारी दिएका हुन् ।
त्यस्तै आज नै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग समेत छलफल गर्ने बताएका छन् ।

वैकल्पिक सरकार गठनका लागि मुख्य मानिएको जसपाले कस्तो निर्णय लिन्छ भन्नेबारे महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?