काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विभिन्न विकल्पका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर आग्रह गरेको बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै वैकल्पिक सरकार गठन वा राष्ट्रिय सरकार गठनका लागि आग्रह गरेको बताए ।
‘तपाईहरु सरकार बनाउनुस्, हामीहरु विपक्षीमा बसेर सरकारलाई सहयोग गर्नेछु । मैले भनेको थिए । उहाँहरुलाई मैले वैकल्पिक सरकार गठनका लागि आग्रह गरे । यदि नसक्ने भए मैले मेरो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आग्रह गरेँको थिए।’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया