प्रधानमन्त्री ओलीको चुनौती : ‘कि समर्थन दिनुहोस्, नत्र संसद विघटन गर्‍यो भनेर भन्न पाइँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने संकेत गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले कि आफूलाई विश्वासको मत दिन वा नदिएमा संसद विघटन गर्न नपाइने भन्दै आक्रोश व्यक्त गरे ।

‘म अझैपनि भन्दैछु, कि मलाई विश्वासको मत दिनुहोस् होइन भने फेरि संसद विघटन भयो भन्न पाइदैन । देश मध्यावधी निर्वाचन गयो भन्न पाइदैँन ।’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै आफू १२१ जनाको बहुमत दलको नेता भएकाले सरकार गठनको लागि अग्रसर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?