नेपाल-खनाल पक्षको बैठक जारी, वैकल्पिक सरकार गठनबारे छलफल

काठमाडौं । नेकपा एमालेका नेपाल खनाल पक्षको बैठक बसिरहेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासबाट फर्किएपछि आफू निकटका सांसदहरुसँग छलफलमा लागेका हुन् ।

सिंहदरबारमा जारी छलफलमा वैकल्पिक सरकार गठनका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्टिएका नेपाल-खनाल पक्षले विपक्षीहरुसँग मिलेर वैकल्पिक सरकार गठनको तयारीमा रहेको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?