राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा १२ वटा रिट

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा वा विश्वासको मत लिने प्रकिया नगरि सरकार गठन गरिनु असंवैधानिक रहेको भन्दै कानूनव्यवसायीहरुले १२ वटा रिटहरु परेको हो ।

बिहीवार साँझ राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । त्यसको विरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिटहरु पेश भएका हुन् ।

त्यस्तै ती रिटको बारेमा अध्ययन भइरहेको र पछि दर्ता हुने सर्वोच्चको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?