काठमाडौं । नयाँ सरकार गठनका विषयमा विपक्षी दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय बित्ने लाग्दा दलहरु छलफललाई तिव्रता दिएका हुन् ।
आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र बाबुराम पक्ष पुगेका छन् ।
यसैबीच केहिबेर अघि सिंहदरबारमा पुनः तीन दलको बैठक शुरु भएको छ ।
देउवा, प्रचण्ड र उपेन्द्र(बाबुराम पक्षका सांसदहरु पुनः छलफलमा जुटेको स्रोतले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । साँझ ५ बजे समय सकिँनै लाग्दा तीन दलसहित एमालेकै नेपाल(खनाल पक्षपनि छलफलमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया