गठबन्धन सरकार गठनमा सुरेन्द्र, योगेश र गोकर्ण सहभागी नहुने

काठमाडौं । राष्ट्रपतिको आह्वान अनुसार गठबन्धन सरकार गठनका लागि नेकपा एमालेका तीन सांसदहरु सहभागी नहुने भएका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन सांसदहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले गठबन्धन सरकारमा सहभागी नभएको एमाले नेतृ नविना लामाले बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तीन नेताहरु विपक्षी गठबन्धनका लागि सहभागी नभएको जानकारी दिएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्-‘क. कमरेड सुरेंद्र पाण्डे, योगेश भट्टराई दाई र गोकर्ण दाईक़ो असहमती बिपक्षीलाई प्रधानमन्त्री बनाउन, आफूहरुले हस्ताक्षर नगरिएको जानकारी अउदा सारै खुसी लाग्यो। तपाई हरु महान हुनुहुन्छ । हामी सधै साथमैं छौ।तपाईहरु भोलीको क.केपि ओली हो लामो भविश्य छ त्यसैले यो संकटको बेला पार्टी एकता जोगौ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?