दुबै दाबी किर्ते हुन्, खारेज गरी चुनाव होस : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रपति समक्ष पेश भएका दुवै दाबी जालिरकिर्ते भएको भन्दै खारेज गरि चुनाव घोषणा गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६९५० अनुसार ‘विश्वासको मत प्राप्तगर्नेु आधार छैन । दुवै जालीरकिर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।’

आज नयाँ सरकार गठनका लागि दाबी गर्दै राष्ट्रपति समक्ष केपी ओलीले १५३ र शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर आफूसँग रहेको भन्दै दाबी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?