काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउनका लागि गठबन्धन सरकारमा हस्ताक्षर नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्व मन्त्री समेत रहेका नेता भट्टराईले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आएको समेत बताए ।
आफूले एमालेको एकता जोगाउनका लागि यस्तो निर्णय लिएको र त्यो सही या गलत इतिहासले मूल्यांकन गर्ने बताए ।
उनले भने-‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’
आज कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनका लागि नेता भट्टराईसहित अन्य सांसदहरुले विपक्षी गठबन्धनको सरकारमा नजाने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया