कोभिड १९ महामारीका विरुद्ध हातेमालो अभियानको थालनी

काठमाडौं । कोभिड १९ महामारीले नेपालको स्वास्थ्य प्रणालीमा असर पुर्याइरहेको सन्दर्भमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा हातेमालो सामाजिक अभियानको थालनी गरेका छन् ।

मानव जीवनले अकल्पनीय क्षति भोग्नुका साथै देश नै चुनौति सँग लडिरहेकाले यस्तो परिस्थितिमा सबै एकजुट हुनुपर्ने आवश्यकता महसुस गरी नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले हातेमालो अभियानको थालनी गरेका हुन् ।

विभिन्न संघसंस्था र संघसंस्थाका कर्मचारीहरु, आम नागरिक र सरोकारवाला सबैले संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्ने थलोको रुपमा हातेमालो अभियान शुरु गरिएको एक प्रेस विज्ञप्ति जारी गरी जनाईको छ ।

यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिने बताइएको छ । अभियानले सबैलाई यस विषम परिस्थितिको प्रभावकारी रुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्न आह्वान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?