काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई निर्मम उपहारको रुपमा मध्यावधी निर्वाचन दिइएको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधी निर्वाचन घोषणा गरेसँगै प्रवक्ता शर्माले ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।
त्यस्तै राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमलाई उनले इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्रीको अधिनायकवादको हाइवेको भ्रमको संज्ञा दिएका छन् ।
उनले भने- ‘महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’
प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले लोकतन्त्र र संविधान रक्षा गर्न जनता अघिअघि र कांग्रेस पछिपछि हुने भन्दै चेतावनी दिएका छन् ।
‘तर @PM_Nepalहेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !’ उनले भने ।
महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई
निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !तर @PM_Nepal हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
यो पनि
मध्यरातमा राष्ट्रपतिले गरिन् रमिता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया