काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी मध्यावधि निर्वाचन गरेको प्रति विपक्षी गठबन्धनले सशक्त प्रतिवाद गर्ने भएको छ ।
आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जसपा उपेन्द्र बाबुराम पक्ष र जनमोर्चाको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रपतिको आह्वान अनुसार बहुमत सांसदसहित प्रधानमन्त्रीको दाबी गर्दा प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया