काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आज बसेको एमालेको आकस्मिक स्थायी कमिटी बैठकले विपक्षी गठबन्धनसँग मिलेको भन्दै नेपालसहित ११ जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदिपकुमार ज्ञवालीले आफ्नै पार्टीका दलका नेताविरुद्ध लागेको भन्दै कारबाही गर्ने निर्णय गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया