अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिवार) विदेशी खेलाडीहरुसँग अभ्यास खेल खेलेको छ। दशरथ रंगशालामा बन्द ढोका पछाडि खेलिएको सो अभ्यास खेलमा नेपालले ३-० को जित निकालेको छ।

भर्खरै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)का सात टोलीमा सम्मिलित विदेशी खेलाडीहरुसँग नेपाली राष्ट्रिय टोलीले आजको अभ्यास खेल खेलेको हो।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका प्रख्यात नाम विक्रम लामालाई पनि मैदानमा देखियो। लामो समयदेखि उनी इन्जुरीका कारण टिमबाट बाहिर थिए। विक्रम यस पटक टिममा समावेश भने छैनन्।

विश्वकप तथा एसिया कप छनोटको लागि बन्द प्रशिक्षणमा जोडतोडले अघि बढेको नेपाली राष्ट्रिय टोली यसै जेष्ठ ११ गते इराक प्रस्थान गर्दैछ। नेपालले आउँदो मे २९ तारिखमा इराकसंग मैत्रीपूर्ण खेल पनि खेल्दै छ।

खेलका केही तस्वीरहरु:

तस्वीर : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?