काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने भएको छ ।
शनिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । स्पष्टिकरणको जवाफ हेरेर बाँकी कारबाही प्रक्रियामा जाने जसपा स्रोतले बतायो ।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३१ जना कार्यकारिणी समिति सदस्यको उपस्थिति रहेको बताइएको छ । बैठकमा ठाकुर पक्षको सदस्यहरु अनुपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया