उत्तर प्रदेशमा मे ३१ सम्म कर्फ्यु लम्ब्याइयो

काठमाडौं। भारतकाे उत्तर प्रदेश सरकारले काेराेना नियन्त्रणकाे लागि मे ३१ सम्म कर्फ्यु लम्ब्याउने निर्णय गरेको छ।

काेराेना संक्रमितकाे संख्या कम नभएपछि ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएकाे हाे।

गत अप्रिलदेखि उत्तर प्रदेशमा कर्फ्यू जारी छ। यस समयमा चिकित्सा, आवश्यक चीजहरू, ई-बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने छ। यता, खाेप अभियान पनि जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?