काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पीएसएल’ नखेल्ने भएका छन्। कोरोना महामारीका कारण बिचमै स्थगित भएको ‘पीएसएल’मा सन्दीप लाहोर कलन्दर्ससँग आबद्ध भएका थिए।
‘पीएसएल’को छैटौं संस्करण स्थगित हुनु अगाडी लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा टोलीमा समावेश गरेको थियो। राष्ट्रिय टोली अफगानिस्तानको जिम्बाब्वेसँग शृंखला खेल्न राशिदले लाहोरको क्याम्प छाडेपछि सन्दीपलाई उनको स्थानमा बोलाइएको थियो।
तर सन्दीप कराँची पुग्नु र कोरोनाका कारण ‘पीएसएल’ रोकिनु, एउटै समयमा भयो। उनी त्यसबेला एक खेल पनि नखेली नेपाल फिर्ता आएका थिए।
अहिले ‘पीएसएल’मा २० खेल बाँकि रहँदा आबु-धाबीमा प्रतियोगिता सुचारु हुन लागेको छ। जसमा लाहोरले पुनः राशिद खानलाई नै टोलीमा समावेश गरेको छ।
‘पीएसएल’का बाँकि खेलहरु आगामी जुन ५ देखि हुने सम्भावना बलियो देखिएको छ। ‘पीएसएल’सँग सम्बन्धित सम्पूर्ण खेलाडी तथा अफिसियलको पी.सी.आर. प्रशिक्षण पनि भइसकेको छ। उनीहरू खेल अगाडि १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम युएई सरकारको रहेको छ।
सन्दीपले यस अघि पीएसएलको चौथौं सस्ंकरणमा लाहोरबाट खेलिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया