राष्ट्रपति कार्यालयद्वारा मध्यराति संसद विघटन गरेको विज्ञप्ति रातारात गायब !

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनको घोषणा गरेको विज्ञप्ति कार्यालयको वेबसाइटबाट हटाएको छ ।

जेठ ६ गते मध्यराति प्रधानमन्त्रीको लागि दुवै पक्षको दाबी नपुगेको सहित संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गरिएको विज्ञप्ति हटाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले बहुमत पुर्याउन नसक्ने देखिएको भन्दै संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

त्यसै अनुसार कांग्रेस सभापति देउवाको नाम अघि सार्दै विपक्षी गठबन्धनको तर्फबाट १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेको थियो । भने यता एमाले संसदीय दलका नेता समेत रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग १५३ सांसद रहेको दाबीसहित राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपति कार्यालयले शुक्रवार मध्यराति दुवैको दाबी नपुग्ने घोषणा गर्दै संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।

किन र के कारणले उक्त पत्रहरु लुकाइएको हो राष्ट्रपति कार्यालयले खुलाउन चाहेको छैन ।

यी हुन् वेबसाइटबाट हटाइएका विज्ञप्तिहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?