काठमाडौं । जनस्वास्थ्यकर्मीहरुले नेपालमा कोरोना संक्रमणको जोखिम रहेका बेला मध्यावधी निर्वाचन घोषणा गरिनुले आफूहरुलाई चिन्तित तुल्याएको बताएका छन् ।
कोरोना संक्रमणको जोखिमका बेला अस्पतालमा बेड र अक्सिजनको अभाव भइरहेका बेला मध्यावधी निर्वाचन घोषणा गरिनु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको बताएका छन् ।
जनस्वास्थ्यकर्मीहरु डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रि राज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेति, डा. समीर मणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि. सी., डा. कृष्णमान शाक्य लगायतले आज एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आज ९ जनश्वास्थ्यकर्मीहरुले एक विज्ञप्ति गारी गर्दै भनेका छन्- ‘देश कोभिड १९ को महामारीको दोश्रो लहरबाट अक्रान्त भैरहेको बेलाप्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको सँघिय सभाको बिगठन र मध्याबधिनिर्बाचनको घोषणाले हामी जन स्वास्थ्यकर्मीहरु चिन्तित र मर्माहितभएका छौँ । अस्पतालको शैया नपाएर कोभिड्का बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यकऔषधि र अक्सिजन् नभएर स्वास्थ्यकर्मीले अथकप्रयास गर्दा गर्दै पनिअस्पतालको शैयामा बिरामीहरुले ज्यानगुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीबन रक्षामाकेन्द्रितहुनुको सट्टा मध्याबधिनिर्बाचनको घोषणा गर्नु नागरिकको जीबनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो । कोभिड् १९ को महामारीले स्वास्थ्यमाभएको सङ्कटपूर्ण स्थितिलाईस्विकार गर्नु र अर्कोतिर निर्बाचनको घोषणा गर्नु आपैmमा बिरोधाभासपूर्ण छ ।’
त्यस्तै घोषित निर्वाचनमा देशमा भएको ठूलो अंश खर्च हुने बताउँदै त्यसलाई कोभिड कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनका लागि आग्रह गरेका छन् । निर्वाचनको प्रक्रियाले कोरोना संक्रमण माध्यम भइ झन भयावह बन्ने उनीहरुले बताएका छन् । साथै सरकारको उक्त गैरजिम्मेवारपन कहिल्यै क्षम्य हुन नसक्ने चेतावनी दिएका छन् ।
‘घोषित निर्बाचनमा देशमा भएको सिमित श्रोतको ठूलो अँश खर्च हुने र कोभिड्मा आवश्यक पर्ने श्रोतमा कटौति भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनु पर्नेछ र असिम पिडा भोग्न बाध्य हुनु पर्नेछ । त्यो भन्दा अझ गम्भीर, निर्बाचनको लामो प्रकृया आफै कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिमको कारण पनि बन्न सक्दछ । यस्तो भएको अन्य देशहरुको उदाहरण हाम्रो अगाडि छ । यो क्षेम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौ ।’ उनीहरुले भनेका छन् ।
कोरोना महामारीका बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यवधि निर्वाचनको घोषणा फिर्ता लिनको लागि आग्रह गरेका छन् ।
‘त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्याबधि निर्बाचनको घोषणा अबिलम्ब फिर्ता लिन हामी माग गर्दछौँ र नागरिकको स्वास्थ्य शूरक्षाप्रति सम्बेदनशी लबन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया