काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रपति समक्ष गरेको दाबी नै सहि रहेको र आफूले नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धले भने फर्जी दाबी लगेको भन्दै कटाक्ष गरेका हुन् ।
त्यस्तै राष्ट्रपति कार्यालयले आफू पक्षले पनि पछि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार नभएर नै प्रधानमन्त्री नबनेको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अन्य दलहरुले एमाले र जसपा फुटाउन खेल खेलेको बताए । त्यस्तै अन्य दलले किर्ते गरेर दाबी पेश गरेको बताए ।
‘अरुको अलोकतान्त्रिक दाबी हो । किर्ते दाबी हो । दलहरुभित्र खेलेर, दलहरु फुटाएर, डस्टबिनमा फ्याक्नुपर्नेकुरा लगेर राष्ट्रपतिकोमा लगेर प्रधानमन्त्री बन्छ ?’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया