राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

आइतवार (आज) राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४(१) बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?