काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी व्याज छुटको व्यवस्था गरेको छ ।
कम्पनीले बिमीतहरुका लागि जेठ १० अर्थात सोमवारदेखि जेठ मसान्तसम्मका लागि व्याज छुटको व्यवस्था गरेको जनाएको छ ।
तिर्नुपर्ने किस्ताको व्याजमा देहाय अनुसारको व्याज छुट गरिएको छ ।
साथै Connect IPS, Khalti, Esewa, Prabhu Pay, Fonepay, CellPay / IME Pay आदी विद्युतिय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै थप जानकारीको लागि कम्पनीको website वा नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको बैंकले जनाएको छ ।
यस महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गरी सुरक्षित रहन समेत कम्पनीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया