उपेन्द्र-बाबुराम पक्षको निर्णय : स्पष्टीकरण सोध्नेदेखि पार्टीबाट निष्काशनसम्म !

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले ओली नेतृत्वको सरकारमा सहभागी हुने कुनै पनि सदस्यहरु पार्टीबाट निष्काशन हुने निर्णय गरेको छ ।

दुई दिन (जेठ ८ र ९ गते) बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै जसपाका प्रचार(प्रसार विभाग प्रमुख डम्बर खतिवडाले पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको जानकारी गराएका छन् ।

उक्त बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?