हेर्नुहोस् आजका टप १५ हेडलाइन्स्

 

१.नेपालमा कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि, ७ हजार ६ सय ६४ संक्रमणमुक्त

२.आफूलाई प्रजातन्त्रवादी भन्ने कांग्रेस माओवादीको प्रचण्डपथको पछि कुदेको प्रधानमन्त्री ओलीको आरोप,आफूले निष्पक्ष निर्वाचन गराउने भनाई ।

३.राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी, प्रतिनिधि सभा विघटनको बचाउ ।

४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी, संविधानको धारा ११४को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयको प्रष्टोक्ति

५.प्रतिनिधि सभा विघटन बिरुद्ध विपक्षी दलहरु सोमबार मात्रै रिट लिएर सर्वाेच्च अदालत जाने,देउवाको पक्षमा हस्ताक्षर गर्ने सवै सांसद उपस्थित हुने ।

६ काठमाडौ उपत्यका जारी निषेधाज्ञाको आज २५ दिन पुग्यो,जनजीवन प्रभावित,निषेधाज्ञा उल्लंघन गर्न खोज्नेलाई प्रहरीको कारवाही ।

७.महामारीका बेला नेपालमा मध्यावधि निर्वाचन घोषणा गरिएको भन्दै जनस्वास्थ्य विद्को चिन्ता, निर्वाचनमा लाग्ने खर्च स्वास्थ्य क्षेत्रमा लगाउन आग्रह ।

८. पार्टीभित्रको विवाद वार्ता र संवादबाट समाधान गर्न एमाले नेता योगेश भट्टराइको नेतृत्वसँग आग्रह,प्रतिशोधको भावनाले कसैको हित नगर्ने भनाई ।

९.प्रतिनिधि सभा बिघटन विरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन,राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर फ्याकेको भन्दै एक जना पक्राउ ।

१०. संसद विघटन जनतामाथिको निरंकुश र अधिनायकवादी काम भएको पाँच विद्यार्थी संगठनको टिप्पणी,विघटन गैरजिम्मेवारीको पराकाष्ठा भएको ठम्याई ।

११. त्रिभुवन विश्वविद्यालयद्वारा रोकिएका सबै परीक्षा साउनभित्र सम्पन्न गर्ने निर्णय, विद्यार्थीलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने ।

१२. सोमबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१३.कोरोना संक्रमितको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई नेपाल टेलिकमले ल्यायो ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’,एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने ।

१४. भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’ का नौ हजार संक्रमित,जोखिमपूर्ण मानिएको संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत रहेको चिकित्सकको भनाई

१५. फ्रेन्च लिग फुटबल अन्तर्गत आज अन्तिम चरणका खेलहरु हुँदै, उपाधि होडमा पिएसजी र लिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?