संसद विघटनविरुद्धको रिटमा लेखक र रावलले बहस गर्ने

काठमाडौं । संसद विघटन बदरको माग गर्दै विपक्षी गठबन्धले दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट बरिष्ठ वकिलहरुले बहस गर्ने भएका छन् ।

गठबन्धनका नेताहरुका अनुसार कांग्रेस नेता तथा अधिवक्ता, रमेश लेखक, एमाले नेता तथा अधिवक्ता भीम रावलले पनि बहस गर्ने भएका छन् । त्यस्तै कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् ।

योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, शम्भु थापा,हरिहर दाहाल र टिकाराम भट्टराई लगायतका अधिवक्ताहरुले बहस गर्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?