सर्वोच्चबाटै प्रधानमन्त्रीको नियुक्तीका लागि परमादेश जारी गर्न माग, देउवाले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा सिफारिस गर्न माग गर्दै हस्ताक्षर गरेका छन् ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न जाने क्रममा सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले हस्ताक्षर गरेका हुन् ।

आज संसद विघटनविरुद्ध रिट दायर गर्न जाने क्रममा सभापति देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि आदलतबाटै परमादेश जारी गर्न विपक्षी गठबन्धनले माग गरेका छन् ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एकजुट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?