काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लाग विपक्षी गठबन्धनले अन्तिम तयारी गरेको छ ।
जसमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।
विपक्षी गठबन्धनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथै संसद पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
बहुमत सदस्यहरुको हस्ताक्षर र सशरीर सर्वोच्च उपस्थिती गराउने उदेश्यले विपक्षी गठबन्धनले शनिवारबाट हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, एमाले माधकुमार नेपाल पक्ष, जसपा र जनमोर्चाले १४९ सदस्यसहित राष्ट्रपति कार्यालयलाई हस्ताक्षर बुझाएका थिए ।
यता प्रधानमन्त्री ओलीले समेत १५३ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएका थिए । तर राष्ट्रपति भण्डारीले दुवैको दाबी नपुगेको भन्दै संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया